काठमाडौं । त्रिभुवन विमानस्थलमा कार्गोमार्फत आएको १ किलो १६० ग्राम गाँजा बरामद भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले कार्गोमार्फत आएको गाँजा बरामद गरेको प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले बताए ।उनका अनुसार, डिल्लीबजार हुलाक भन्सार कार्यालयलाई शंका लागेपछि गएर जाँच गर्दा गाँजा बरामद भएको थियो ।बरामद गाँजाको पार्सल अमेरिकाबाट आएको पाइएको उनले बताए । थप अनुसन्धानका लागि बरामद गाँजालाई लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउने तयारी छ ।भन्सारले ३० मंसिरमा पनि अमेरिकाबाट आएको ५५ किलो गाँजा बरामद गरेको थियो ।
Trending Now
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
- Qatar and Egypt present new proposal to end Gaza war
Comments are closed.