कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

कर्णाली, माघ । कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा (एकीकृत समाजवादी)का सावित्री मल्ल र अन्य समूहतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत उज्ज्वलदेव रावलले जानकारी दिनुभयो ।

Comments are closed.