‘गण्डकी प्रज्ञा साहित्य’ सम्मान कवि भूपिनलाई

चितवन, गण्डकी प्रज्ञा प्रतिष्ठानले कवि भूपिनलाई ‘गण्डकी प्रज्ञा साहित्य सम्मान’ बाट समान गर्न लागेको छ । प्रतिष्ठानले सोमबार सूचना जारी गर्दै उहाँलाई सो सम्मान दिने निर्णय गरेको हो ।

२०७८ बैशाख १५ मा स्थापित प्रतिष्ठानले आफ्नो स्थापना दिवसका अवसरमा गण्डकी प्रदेशभित्र भाषा, साहित्य, कला, संगीत र संस्कृतिको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै आइरहेको छ। एक लाख रुपैयाँ राशि रहेको सो सम्मानबाट यस‌अघि पर्वतका शान्तिनारायण श्रेष्ठ सम्मानित हुनुभ‌एको थियो ।

गण्डकी प्रदेशको बागलुङ जिल्लामा रहेको बलेवामा जन्मनुभ‌एका कवि भूपिनले आफ्नो कार्यक्षेत्र चितवनलाई बनाउनुभ‌एको छ भने उहाँका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६६) र ‘सुप्लाको हवाईजहाज’ (२०७२) कवितासङ्ग्रह प्रकाशित छन् । ‘चौबिस रिल’ निबन्धसङ्ग्रह (२०६९) र ‘मैदारो’ उपन्यास (२०७५) प्रकाशित छन् भने बुकहिल प्रकाशनले २०८० सालमा उहाँको कविता सङ्ग्रह ‘भूपिनका कविता’ (२०८०) प्रकाशन गरेको छ ।

Comments are closed.