कविता: प्रेम

प्रेमले  नै राधाले

कृष्ण फकाईन

प्रेमले नै गौरीले

शिव रिझाईन

प्रेमले नै सूभद्राले

अर्जून रूचाईन

प्रेमले नै मिराले

भक्ती जगाईन ।

राजा र रन्क,

माहाजन, महन्त

सबै रमाउछन

प्रेममै अनन्त

 

प्रेमीकै लागि

हून्छ लडन्त

प्रेमीकै बीच

हुन्छ भिडन्त ।

 

जो जान्दछ बोल्न

प्रेमको भाषा

फकाउँछ त्यसैले

आनन्द खासा

जो हान्न सक्छ

प्रेमको दाऊ

उसैले जित्छ

प्रेमको पासा ।

 

को सक्छ प्रेमको

रूप रंग हेर्न

को सक्छ प्रेमको

गहिराई नाप्न

को सक्छ प्रेमको

सक्तीलाई जाँच्न

को सक्छ प्रेमको

महिमा बूझाउन ।

 

विद्वान, सिपालू

कृपणी, दयालू

चाहिन्छ सबलाई

प्रेमी मायालु

प्रेमी बिनाको

जिन्दगी निरस छ

प्रेमलाई जगाउन

प्रणय दिवश छ ।

मनलाई माझी

निर्मल गराए

प्रेमको रसले

मूलनै  फूटाए

प्रेमैको भलले

जगतै डूबाए

के चाहिन्छ र अरू

यो जिन्दगिमा ।

 

कुमार उपाध्याय

अमेरिका

Comments are closed.