काठमाडाैंमा चिनियाँ शैक्षिक मेला

 

काठमाडाैं । चिनियाँ शैक्षिक मेला आयाेजना भएकाे छ । चिनियाँ राजदूतावास र चाइना स्कलरसिप काउन्सिलकाे आयाेजनामा मंगलबार काठमाडाैंमा एक दिने चिनियाँ शैक्षिक मेला आयाेजना गरिएकाे हाे ।
मेलाकाे परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्नुभयाे । त्यसक्रममा परराष्ट्रमन्त्री श्रेष्ठले चिनियाँ शैक्षिक मेलाले नेपाल र चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तार भई शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयाे । चीनको उच्च शिक्षाबारे जानकारी दिन शैक्षिक मेला काेशेढुंगा साबित हुने उहाँले बताउनुभयाे ।
मेलालाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाल-चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हरिश्चन्द्र साह,चाइना स्कलरसिप काउन्सिलका उपमहासचिव झाङ जुनियर लगायतले सम्बाेधन गर्नुभएकाे थियाे ।
शैक्षिक मेलामा चीनका ३१ विश्वविद्यालय एवं शैक्षिक प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमबारेमा जानकारीसहितको सामग्री राखिएको छ ।
चीनमा २ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । नेपालमा अध्ययन, अध्यापन गर्न आउने चिनियाँ विज्ञ, विश्वविद्यालयका विद्यार्थी र अन्तर्राष्ट्रिय चिनियाँ शिक्षा स्वयंसेवकको संख्या पनि बढ्दाे क्रममा छ ।

Comments are closed.