काठमाडौं । कोसी प्रदेश सभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीलाई अदालतले ६ वर्ष जेल सजाय र १ करोड २२ लाख रुपैँयाको फैसला सुनाएको छ ।
सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवा खानी सञ्चालन प्रकरणमा कोसी प्रदेश सभाका सचिव पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको हो । बुधबार न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसला उल्ट्याउँदै सबैलाई कसुरदार ठहर गरेको छ ।
पराजुलीले काठमाडौं जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारी रहँदा ६ करोड २३ लाख ७० हजार रुपैँया बराबरको भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ ।
अदालतले निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव सुशील नाहाटालाई पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवाना हुने फैसला अदालतले सुनाएको छ ।
२०७१ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो । अख्तियारको पुनरावेदनपछि सर्वोच्चले सो फैसला उल्ट्याएको हो ।
Comments are closed.