क्यानडाका लागि नेपाली राजदूत भरतराज पौडेलद्वारा शपथ

काठमाडाैं । क्यानडाका लागि नेपालका आवासीय राजदूत भरतराज पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयाेजित एक समाराेहबीच राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत पाैडेललाई शपथ गराउनुभएकाे हाे ।

समाराेहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएकाे छ ।

Comments are closed.