क्लाउडिया शियनबम बनिन् मेक्सिकोको पहिलो महिला राष्ट्रपति

मेक्सिको सिटी। मेक्सिकोको इतिहासमा पहिलो पटक महिला राष्ट्रपतिमा निर्वाचित भएकी छन । त्यहाँका निर्वाचन अधिकारीका अनुसार प्रारम्भिक नतिजाले ६१ वर्षीया मेक्सिको सिटीकी पूर्व मेयर क्लाउडिया सेनबाउमले आइतबारको मतदानमा ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेकी थिइन् ,

उनले प्राप्त गरेको मत उनका प्रमुख प्रतिद्वन्द्वी सोचिताल गाल्भेजभन्दा करिब ३० प्रतिशत बढी रहेको बताइएको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि सेनबाउमले अक्टोबर १ मा राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

राष्ट्रपतिको उम्मेदवार हुनुअघि उनी मेक्सिको सिटीकी मेयर थिइन् । उनी सन् २०१८ मा मेक्सिको सिटीको पहिलो महिला मेयर बनिन्। 2023 मा, उनले राष्ट्रपति चुनाव लड्न मेयर पदबाट राजीनामा दिईन । निर्वाचनका क्रममा स्थानीय उम्मेदवारलाई लक्षित गरी धेरै हमला भएका छन् । सरकारका अनुसार निर्वाचनका क्रममा देशभर २० जनाको मृत्यु भएको थियो । अन्य सर्वेक्षणमा यो संख्या ३७ रहेको बताइएको छ ।

Comments are closed.