गण्डकी प्रदेश सरकारमा दीपक मनाङे फेरि बने मन्त्री

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गगठन गरेका छन् । मुख्यमन्त्री पाण्डेले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका राजीव गुरुङ उर्फ दिपक मनाङेलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बताएको छ । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । मनाङे गण्डकी प्रदेशमा चौथो पटक मन्त्री बनेका हुन् ।

Comments are closed.