गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ । भिडियोमा एस राज गराज र रिचा थापा को अभिनयलाई देखाइएको छ ।भिडियोलाई गायिका नम्रता खरेलको युटुव च्यानल मा हेर्न सकिन्छ ।

हेर्नुहोस् भिडियो

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/Stb5YXWnWf4?si=4agpdIUTwsH0atCk” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>

Comments are closed.