गृहमन्त्रीमाथि खनिएपछि रविलाई चेतावनी– ‘सधैँ पहिलेजस्तो छुट हुन्न’

काठमाडौँ । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाले राजनीतिक वृत्तमा खैलाबैला मच्चिएको छ । सडकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् । यो घटनाका सन्दर्भमा संसदीय समितिले पनि चासो देखाएको छ । त्यसैले यसबारे धारण बुझ्न सोमवार गृहमन्त्री श्रेष्ठलाई समितिले छलफलमा बोलाएको थियो । समिति वैठकमा रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री श्रेष्ठविरुद्ध खनिएपछि श्रेष्ठले पनि कडा जवाफ फर्काएका छन् । लामिछानेले विषयान्तर गर्दै गृहमन्त्रीप्रति प्रति आक्रोश पोखेपछि श्रेष्ठले पनि सवाल जवाफ फर्काएका छन् । गृहमन्त्री श्रेष्ठको यस्तो जवाफले द्वन्द्व बढ्ने संकेत देखा परेको छ ।
नागरिकता र राहदानी प्रकरणमा खराब स्थिति भोगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति फेरि सहकारी ठगीको हिस्सा बनिरहेका छन् । सहकारी ठगीका बादशाह गितेन्द्रबाबु राई जीबीसँगको सम्बन्धका कारण पछिल्लो समय विवादमा तानिदै आएका रविले सहकारी प्रकरणमा गृहमन्त्रालयले छानविनको आदेश दिएसँगै नयाँ–नयाँ फायर खोल्दै आएका छन् । रविले गृहमन्त्रीमाथि भडास मात्रै पोख्ने गरेका छैनन्, सुन तस्करीका प्रमुखलाई बचाएको आरोप समेत लगाउने गरेका छन् ।
सहकारी प्रकरणमा पटक पटक नामरास्वपाभित्रै अघोषित नाकाबन्दीमा परेका रवि सहकारी ठगी प्रकरणका कारण धेरैहदसम्म विवादको घेरामा तानिएका छन् । सहकारी विवादमा पीडितहरुले पनि रविलाई भेट्ने र प्रश्न गर्नेक्रम चलिरहेको छ । यस्तोमा सरकारले गर्ने अनुसन्धान कस्तो हुने भन्नेमा यो विषय निर्क्यौल हुनेछ । यसरी अनुसन्धान प्रक्रिया अघि बढ्ने संकेत पाएपछि रविले भने गृहमन्त्रीविरुद्ध विषय बाहिर गएरै प्रतिक्रिया दिन थालेका छन् ।
बालकुमारी घटनाको बारेमा छलफल गर्न बोलाइएका गृहमन्त्री श्रेष्ठलाई रविले सुन तस्करीको विषय जोडेर प्रश्न गरेपछि श्रेष्ठले पनि आक्रामक भएर जवाफ पेश गरेका छन् । नागरिकता र राहदानी प्रकरणमा संकेत गर्दै मन्त्री श्रेष्ठले पहिले केही प्रकरणमा छुट पाए पनि सधैँ त्यस्तो हुन्न भन्दै रविलाई जवाफ दिए ।
सुन तस्करी प्रकरणमा आफूलाई मुछेपछि प्रमाणित गर्न चुनौति दिएका मन्त्री श्रेष्ठले रविलाई पछि केहि पर्छ कि क्याहो भनेर पहिले नै बोलिहालौं भन्ने मानसिकता राखेको भए त्यो नगर्न चेतावनी समेत दिए ।
उसोतः मन्त्री श्रेष्ठले प्रतिशोध शून्य राखेर दोषीलाई कानूनको दायरामा ल्याइने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । तर, पूर्वउपप्रधान एवम् गृहमन्त्री रविले किन छलफलको विषय बाहिर गएर गृहमन्त्रीमाथि प्रश्न गरे भन्ने विषय समेत रोचक बनेको छ । सहकारी ठगी प्रकरणमा तानिने डरले रविले गृहमन्त्री र सरकारमाथि आक्रोश पोखिरहेको भन्दै चर्चा चल्ने गरेपनि यो विषयमा निष्पक्ष छानविन नभएसम्म रविमाथिको आरोप पुष्टी हुने आधार देखिन्न । तर, रास्वपाभित्र समेत रविको कार्यशैली र आचरणमाथि भने भित्रभित्रै प्रश्न गर्न थालिएको छ ।

Comments are closed.