घरजग्गा मेलाले कारोबार चलायमान बनाउने लगानीकर्ताहरुको विश्वास

काठमाडौं । आठौं घरजग्गा मेलामा आएका अवलोकनकर्ता एवं लगानीकर्ताहरुले मेलाले घरजग्गाको कारोबार चलायमान बनाउन भुमिका खेलेको बताएका छन् ।

पौष १२ गतेदेखि शुरु सञ्चलन भएको मेला आज तेस्रो दिन पनि चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा कोरोना महामारीपछि पहिलोपटक सञ्चालन भएको मेलामा अवलोकन कर्ता एवं लगानीकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ ।

मेलाको अवलोकन गर्न आएकाहरुले केही वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार यस मेलालो चलायमान बनाउने अपेक्षा गरेको बताए ।

मेला अवलोकन गर्न आउनुभएका लगानी कर्ता एवं अवलोकन कर्ता चेतनारायण पौडेलले विगत चार वर्ष यता सुस्ताएको घर जग्गा कारोबार मेलामा पाएको उत्साहले फस्टाउने संकेत देखिएको बताए ।

उनले मेलामा मानिसहरु चलहपहल बढेको र मेलामा थोरै सम्पती र आफ्नो जग्गामा पनि सुरक्षित आवास बनाउनसकिने देखिका जानकारी पाइने बताए ।

उनले रकम कम भएका लगानी कर्ताहरुले काठमाडौं बाहिर पनि लगानी गर्नसक्ने वातावरण मेलामा रहेको बताए । उनले काठमाडौं उपत्यका बाहिरबाट पनि स्टलहरु राखिएको र त्यसले पैसा कम भए थोरी लगानी उपत्यका बाहिर पनि गरिराख्न पाउने अवस्था रहेको बताए ।

त्यस्तै अवलोकन कर्ता नरेन्द्रबहादुर रेग्मी र रिता केसी पनि जानकारी लिनका लागि विभिन्न ठाउँ भौँतारिरहनुपर्ने बाध्यता मेलामा आएपछि नहुने बताउँछन् । उनले मेलाबाट कुन ठाउँमा घरजग्गाको कारोबार कतिसम्म र कस्तो रहेछ भन्ने जानकारी पाउन सकिने बताए ।

उनले मेलामा आएपछि ब्रोकरबाट ठगिनुपर्ने बाध्यता नहुने र सिधै सम्बन्धित व्यक्तिहरुलाई भेट्न सकिने सुविधा रहेको बताए । त्यस्तै काभ्रेपलाञ्चोकबाट मेला अवलोकनका लागि आउनुभएका सुकुमान तामाङ आर्थिक मन्दीको बेलामा घरजग्गा व्यवसाय रहेकाले मेलाले आर्थिक अवस्था चलायमान बनाउन सहयोग पुग्ने बताए ।

उनले साना व्यवसायीहरुलाई पनि समेटेर आगामी दिनमा यस्ता मेलाहरु गर्दा झनै राम्रो हुने सुझाव दिए । त्यस्तै अर्का अवलोकन कर्ता नवराज भण्डारी सबै एकै ठाउँमा बुझ्न पाउँदा सहज भएको बताए ।

विभिन्न ठाउँमा भौँतारिनुपर्ने समस्या मेलाबाट समाधान हुने बताउनु भयो । घरजग्गा मेलामा पुगनुभएका ७६ वर्षका सूर्यभक्त श्रेष्ठ मेलामा सबै थोक भएपनि सानो र खालि ठाउँ धेरै भएको घर आफूले नपाएको गुनासो गर्छन् । अरु हिसावले भने सम्पूर्ण रुपमा मेला उपयोगी र फलदायी रहेको बताए ।

उनले भने– ‘विगत तीन,चार वर्ष यता घर जग्गा अलि सुस्ताएको, अथवा कारोबार नभएको त्यो अवस्था थियो । त्यो हामी सबैले जानकै हो । त्यसमा अहिले कारोबार पनि बढेको छ, कात्तिक मंसिरमा भन्ने डेटा आएको छ । यसैको बीचमा यो मेला भनेपछि के रहेछ स्थिति मानिसको उत्साह कस्तो रहेछ भनेर आएको हो । नयाँ केही खासै छैन, मूल्य घटाएका छौँ भनेर विज्ञापन गरेका छन्, तर हामीले नै बढाएको हो भन्ने नबुझेर हो । त्यसले बजार अझै उठेको छैन भन्ने हुन्छ । मान्छेको चहलपहल बढेको छ, घर जग्गाको कारोबार उठ्ला की । यहाँ आएपछि आफूसँग भएको थोरै जग्गामा पनि घर बनाउन सकिन्छ भन्ने सल्लाह पाइन्छ । उपत्यका बाहिरबाट पनि आउनुभएको रहेछ, त्यहाँको अवस्था पनि के रहेछ भन्ने बुझ्न सकिन्छ । पैसा छ, बाहिर लगानी थोरै गर्ने हो भने पनि त्यो मिल्ने रहेछ ।’

आठौं पटकको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आआफ्ना सेवा तथा उत्पादनहरुको प्रदर्शन गर्नेछन्।

मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी छन् ।

घरजग्गा मेलामा युवादेखि वृद्धवृद्धाहरुको पनि उल्लेख्य उपस्थित र आकर्षण रहेको छ । घरजग्गा मेला १५ गतेसम्म सञ्चालन हुनेछ ।

Comments are closed.