चोरीसिकारी बढ्यो, एक महिनामा २ बाघ मरे

नवलपुर । गण्डकी प्रदेशको नवलपुरमा फागुनयता मात्रै दुईवटा वयस्क बाघ मृत फेला परे । दुवै बाघ सिकारीले मारेको शंका छ ।
फागुन ४ गते मध्यपुर नगरपालिका वडा १० मा मृत फेला परेको बाघले विषादी सेवन गरेको प्रारम्भिक निष्कर्ष छ भने १४ गते माटोमुनि गाडिएको अवस्थामा फेला परेको हो । तर, हालसम्म पनि यो घटनामा संलग्न पत्ता लाग्न सकेका छैनन् ।राष्ट्रिय वन क्षेत्रमा चालु आर्थिक वर्षको आठ महिनामा कति बाघ कालगति र कति शिकारीले मारे अभिलेख कसैसँग छैन । डिभिजन वन कार्यालयहरुले न तथ्यांक सरकारलार्इ उपलब्ध गराउने गरेका छन् न त सरकारले नै माग्ने गरेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रमा भने यसबीचमा ४ बाघ मृत फेला परेकामा २ वटा मात्रै कालगतिले मरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चोरी-सिकारी बढेको स्वीकारेको छ । उसले ९० प्रतिशत चोरी-सिकारी थाहै नहुने जनाएको छ ।

Comments are closed.