जनीतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुकाे विकल्प छैन : शेखर काेइराला

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र नेकपा एमाले एक ठाँउमा उभिनुको विकल्प नभएको बताउनु भएको छ ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिए जस्तै मुलुकमा राजनीतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने बताउनुभयाे । यसका लागि प्रयास जारी रहेको उहाँकाे दाबी थियाे ।
वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संशाेधन आवश्यक रहेको नेता काेइरालाले बताउनुभयाे ।
मुलुकमा पटक-पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको उहाँले बताउनुभयो । संघीय सरकार मात्र नभइ प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने नेता काेइरालाले बताउनुभयाे ।
कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भएपनि विश्वासको मत लिनु राम्रो हुने समेत उहाँले बताउनुभयो ।

 

Comments are closed.