फिफा वरीयतामा नेपाल ३ स्थान तल

विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार सार्वजनिक गरेको पुरुषतर्फ नयाँ वरीयतामा नेपाल ३ स्थान खस्किएर १७८औँ स्थानमा झरेको हो ।नेपाल गत फ्रेबुअरीमा १ सय ७५औँ स्थानमा थियो ।

नेपालले पछिल्लो पटक फिफा विश्वकप छनोटमा बहराइनसँगको दुवै लेगमा हार ब्यहोरेको थियो ।

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा रहँदा भारत १ सय २१ औं, माल्दिभ्स १ सय ६१औं, बंगलादेश १ सय ८४औं, भुटान १ सय ८५‍औं, पाकिस्तान १ सय ९५‍औं र श्रीलंका २ सय ४औं स्थानमा छ ।

फिफाकाे नयाँ वरीयताअनुसार अर्जेन्टिना शीर्ष स्थानमा कायमै छ । फ्रान्स दोस्रो स्थानमा यथावत् छन् । वरीयताकाे तेस्राे स्थानमा बेल्जियम, चाैथाे स्थानमा इंग्ल्याण्ड र पाँचाैँ स्थानमा ब्राजिल छन् । पाेर्चुगल छैटाैं, नेदरल्यानण्ड्स साताैं, स्पेन आठाैं, इटाली नवाैं र क्राेएसिया दशाैं स्थानमा छन् ।

Comments are closed.