काठमाडौं । संसदीय समितिमा विरोध भइरहेका बेला त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले भने सर्टलिस्टमा परेका १४ जनाबाटै छनोटको प्रक्रिया अघि बढाएको छ ।समितले सर्टलिस्टमा परेकाहरूबाट सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण लिन थालेको हो ।
१४ जनामध्ये सोमबार पहिलो दिन कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकीले कार्ययोजना प्रस्तुत गरेका थिए । प्रस्तुतीकरणमा सिफारिस समिति र विज्ञ गरी चार जनाको सहभागिता थियो । तीनदिन भित्र १४ जनाको कार्ययोजना प्रस्तुति लिइसक्ने शिक्षा मन्त्रालयको कार्यतालिका छ ।
Comments are closed.