काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वमा गोलबन्द हुनुपर्ने बताउनुभएको छ ।
सोनाम ल्होछारका अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पहिचान र अधिकारका पक्षधर उत्पीडित वर्ग, जाति र समुदायको सहयोग भने संघीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो । पहिचान पक्षहरु शक्तिशाली भए आन्दोलनका बाँकी कार्यभार पूरा हुने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा संघयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको दाबी गर्नुभयाे । यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको भन्दै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो ।
मुख्यतः संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायत संघीय ऐनहरू पारित गर्न उच्च महत्व दिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिमण्डल हेरफेर हुँदा वाग्मती प्रदेशका तामाङ समुदायबाट मन्त्री बनाइने बताउनुभयो ।
माघ शुक्ल प्रतिपदाको दिन तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होछार मनाउने गर्दछन् । भूमिपूजा, कूलपूजा एवम् दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदाप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व देशका विभिन्न ठाउँमा बसोबास तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ-आफ्नो परम्परा अनुसार मनाउँछन् । यसै अवसरमा काठमाडाैंको टुँडिखेल लागायत बौद्ध, स्वयम्भू क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.