दिनेशको लभस्टोरी फिल्ममा स्वप्न सुमनसँग दीक्षिता कार्की

काठमाडौं । निर्देशक दिनेश राउतले आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा पछिल्लो पुस्तामाझ चर्चित गायिका दीक्षिता कार्कीलाई अनुबन्धित गरेका छन् ।

शीर्षक तय भइनसकेको फिल्ममा उनले गायकसमेत रहेका स्वप्न सुमनसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । संगीतकार चेतन कार्कीकी छोरी उनी युट्युबलगायत प्लेटफर्ममा इन्डिपेन्डेन्ट गायिकाको रुपमा चर्चित छन् । टिनएजर्सलाई लक्षित गर्दै उनले गीत रिलिज गर्ने गरेकी छन् ।

Comments are closed.