दीपेश पुनलाई आठ दिन थुनामा राख्न अदालतले दियो अनुमति

रुपन्देही । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई थप ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।जिल्ला अदालत रुपन्देहीले सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको रुपन्देही प्रहरीले जनाएको छ ।
रुपन्देही प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो ।पुनमाथि बुटवलको सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । पोखराको सूर्यदर्शनदेखि सुप्रिम सहकारी र अरु ४ वटा सहकारीका अध्यक्ष जीबी राई फरार छन् ।यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।

Comments are closed.