Trending Now

नयाँ सत्ता गठबन्धन’ प्रधानमन्त्रीको सत्तामुखी प्रवृत्तिको परिणाम : प्रदीप पौडेल

काठमाडौं। कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालको सत्तामुखी प्रवृत्तिका कारण सत्ता गठबन्धन परिवर्तन भएको दाबी गरेका छन् । सोमबार कुरा गदै नेता पौडेलले नयाँ सत्ता गठबन्धन बन्नुमा अरुलाई दोष देखाए पनि यो विशुद्ध प्रधानमन्त्री दाहालको सत्तामोहको परिणाम भएको बताए ।
‘हाम्रो प्रवृत्ति सत्तामुखी भयो,’ उनले भने, ‘सत्ताका निम्ति जे पनि गर्न तयार हुने परिस्थिति बन्यो । हाम्रो राजनीति त्यो खालको बाटोतिर गयो । प्रवृत्तिगत हिसाबबाट सबैभन्दा बढी प्रधानमन्त्रीमा त्यो प्रवृत्ति देखियो ।’
नेता पौडेलले अहिलेको अस्थिरताको कारक प्रधानमन्त्री दाहाल भएको आरोपसमेत लगाए । कांग्रेसले अहिलेको परिवर्तनलाई अस्वभाविक रूपमा नलिएको समेत बताए । सत्ता गठबन्धन परिवर्तनको खेल धेरै अगडिदेखि तयारी भइरहको भन्ने उनको बुझाइ छ ।

Comments are closed.