निर्दोष डराउनु पर्दैन, भ्रष्टाचारीलाई छोड्दिनँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नलाई नछोड्ने चेतावनी दिएका छन्।
बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे। उनले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने स्पष्ट पारे।
उनले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताए। उनले निर्दोष व्यक्ति डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गरे।
उनले भने, ‘हाम्रो देशमा अरू थुप्रै समस्या छन्। कमिसन र भ्रष्टाचारले देश जर्जर छ। कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रिया तीव्र पार्नुपर्छ।’
गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारीमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताए।

 

Comments are closed.