नीति तथा कार्यक्रम र बजेट निर्माणमा तीनै तहको धारणा समेट्छौं: मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा बिज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तीन तहकै धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताउनुभएकाे छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी छलफलमा उहाँले अब आउने नीति तथा कार्यक्रम शिक्षा संघहरुले नभएर स्थानीय तहले डेलिभरी गर्ने भएकाले स्थानीय तहको धारणालाई समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा जुटेको बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे,‘प्रदेश र स्थानीय तहसँग कुराकानी थालेको छौं । अब आउने नीति तथा कार्यक्रम देशका शिक्षा सम्बन्धी संघहरुले डेलिभरी गर्ने होइन् । स्थानीय तहले गर्ने हो । त्यसैले उहाँहरुको रिपोर्ट र धारणालाई पनि समेटेर नीति तथा कार्यक्रम र बजेटको संरचनामा राख्छौं ।’

उहाँले आफू सँधै सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुने प्रतिबद्धता जनाउँदै भन्नुभयाे,‘प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नहरुको लिस्ट बनाएर त्यसको एउटा समय नै लिएर सदन र समिति पूर्ण रुपमा जवाफदेही हुने किसिमले प्रस्तुत हुन्छु ।’

Comments are closed.