२०० करोड बजेटमा बनेको वेब सिरिज ‘हीरामन्डी’ १ मे २०२४ बाट नेटफ्लिक्समा रिलिज

सञ्जयलीला भन्सालीको आगामी वेब सिरिज ‘हीरामन्डीः द डायमन्ड बजार’ को रिलिज मिति घोषणा गरिएको छ।

बिहीबार निर्माण टिमले १ मे २०२४ बाट नेटफ्लिक्समा रिलिज गर्ने बताएका हुन्। सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।

भारतीय सञ्चारमाध्यमका अनुसार यस सिरिजको बजेट २०० करोड भारू रहेको बताइएको छ।

यो सिरिज ‘वेश्यालय’ चलाउने रानीहरूको कथामा आधारित छ। फिल्मसिटीमा ‘गंगुबाई काठियावाडी’ को सेट जहाँ बनाइएको थियो, त्यही नै ‘हीरामन्डी’ को सेट बनाइएको हो।

‘गंगुबाई काठियावाडी’ सन् १९६० को दशकमा मुम्बई कमाठीपुरामा एउटा ‘वेश्यालय’ चलाउने गंगूबाईको जीवनीमा आधारित थियो।

Comments are closed.