झापा- नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन बिहीबारदेखि सुरु हुँदैछ। आज र भोलिका लागि तय गरिएको अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा हुँदैछ।
अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। त्यसका लागि ओली बुधबार नै झापा आइसकेका छन्।
ओलीले ११ बजे अधिवेशनको उद्घाटन गर्ने समय तालिका मिलाइएको छ। अधिवेशनका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको बताइएको छ।
अधिवेशनको बन्दसत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।
पालिकाबाट ४३० जना, जनसंगठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुने जिल्ला कमिटीले जनाएको छ।
एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुंगेल आकांक्षी रहेका छन्। हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुंगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन्।
Trending Now
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
- नेपाल लेखक संघको अध्यक्षमा बुढाथोकी निर्वाचित
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
Comments are closed.