Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Sports

नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा

Editorial Team by Editorial Team
June 18, 2022
in Sports
0
नेपालको कानूनविपरीत फुटबलमा सट्टेबाजी भित्र्याउँदै एन्फा
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फिफा विश्वभर फुटबलको अखण्डताको रक्षा गर्न पूर्णरूपमा प्रतिबद्ध संस्था हो। उसले फुटबलमा सट्टेबाजी, जुवा र यस्तै गतिविधिहरूमा विशेष नियम राखेको छ। तर त्यो नियम नेपाली फुटबलमा लागु हुँदैन। किनकी नेपालको मुलुकी अपराध संहिता २०७४ ले सट्टेबाजी र जुवामा प्रतिबन्ध लगाएको छ।
नेपालको कानुनअनुसार नेपाली फुटबलमा सट्टेबाजी गर्न\गराउन पाइँदैन। मुलुकी अपराध संहिता २०७४ को दफा १२५ ले जुवा खेल्न वा सट्टाबाजी गर्न प्रतिबन्ध लगाएको छ। यस्तो कार्य भएको खण्डमा पहिलो पटक तीन महिना कैद र ३० हजार जरिवाना तथा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार जरिवाना र त्यसपछि कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म र १० हजार जरिवाना तोकिएको छ।
अर्कोतर्फ फिफाले आफूसँग आबद्ध आधिकारिक व्यक्ति वा संस्थालाई सट्टेबाजीमा संलग्न रहने अधिकार समेत दिएको छैन्। फिफाको आचारसंहिताले अफिसियल, खेलाडी, रेफ्री र म्याच एजेन्ट लगायत आधिकारिक मध्यस्तकर्तालाई सट्टेबाजी गराउन प्रतिबन्ध लगाएको छ। उनीहरूलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा, सट्टेबाजी, जुवा, चिठ्ठा, यस्तै कार्यक्रम वा फुटबल खेल, कुनै फुटबल गतिविधिसँग सम्बन्धित लेनदेनमा भाग लिन निषेध गरिएको छ।
संलग्न भएको पाए धारा २६ अनुसार १ लाख स्विस फ्र्यांक जरिवाना र ३ वर्ष फुटबलसम्बन्धी गतिविधिमा भाग लिन प्रतिबन्ध लगाउन सक्छ। तर नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघका पदाधिकारीले खुलेआम सट्टाबाजीको लागि स्विजरल्याण्डको कम्पनीसँग गरेको सम्झौता बाहिरिएको छ। एन्फाको आयोजनामा हुने ए, बी, सी डिभिजन र महिला लिग मात्र होइन। फिफा, एएफसी, साफ र मैत्रीपूर्ण खेल प्रत्यक्ष प्रसारणको बहानामा सट्टेबाजीको अनुमति दिएको हो।
एन्फा र स्विस कम्पनी इम्पावर स्पोर्टस् च सन् २०१८ सेप्टेम्बर १८ मा टेलिभिजनदेखि लिएर अनलाइन प्लेटफर्महरूमा नेपालमा हुने फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न पाउनेबारे सम्झौता भएको थियो। सन् २०२१ सेप्टेम्बर २१ मा एक वर्षका लागि सम्झौता नवीकरण हुँदा त्यसमा केही प्रावधान थप गरिएको छ, जुन सम्झौता प्रत्यक्ष प्रसारणमा मात्र सीमित रहेन। प्रतियोगिताका दृश्य र आवाज उसले अनलाइन जुवा खेलाउने कुनै पनि तेस्रो कम्पनीलाई बिक्री गर्न सक्ने, डेटा प्रयोगको अधिकार दिन सक्ने समेत उल्लेख छ।

यसमा एन्फाको प्रतिनिधिका रूपमा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा इम्पावरलाई नेपालमा एन्फाले आयोजना गर्ने र नेपालमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको अडियो र भिडियोमा अधिकारसँगै अनलाइनमा जुवा खेलाउने कम्पनी र बेटिङ सप्सहरूलाई समेत ती सामग्रीमा पहुँच दिने, अनलाइन मार्फत जुवा खेलाउने वेबसाइट, मोबाइल एप्ससँगै बेटिङ प्लेटफर्महरूमा समेत ती सामग्री राख्ने अनुमति दिने उल्लेख छ।
सम्झौताअनुसार एन्फाले उक्त कम्पनीलाई विशेष विश्वव्यापी, रोयल्टी–रहित, पूर्ण रूपमा भुक्तान गरिएको, धेरै तहमार्फत उप–लाइसेन्स योग्य र सबै एन्फा प्रतियोगिताहरू र राष्ट्रिय टोलीका खेलहरूको प्रयोगको अधिकारसहित स्वतन्त्र रूपमा हस्तान्तरण योग्य अडियो–भिजुअल अधिकार प्रदान गर्नेछ।
सम्झौतामा खेलमा आधारित जुवा खेलाउने तेस्रो पक्षलाई समेत प्रतियोगिताको लाइभदेखि लिएर सबै सामग्रीमा पहुँचको अधिकार दिनुपर्ने उल्लेख छ। यसका लागि उनीहरूले माइकुजो डेटा टुल्सको प्रयोग गर्ने समेत बताइएको छ। उसले एन्फाले आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीको तालिका खेल भन्दा १० दिन अगावै दिनुपर्ने शर्त समेत राखेको छ।
नेपालको कानुन अनुसार सट्टेबाजी गराउन नपाउने भएकाले कानुनी रूपमा सट्टेबाजी गराउन मिल्ने देशमा गर्न पाउने गरी अनुमति दिएको एन्फा स्रोतले बताएको छ । एएफसीको ‘गाइडलाइन’ अनुसार सम्झौता भएको समेत बताइएको छ। एन्फाले सन् २०२० को सिजनमा लाइसेन्स शुल्क बापतको १२ हजार डलर छुट दिने समेत सम्झौतामा उल्लेख छ।​

Advertisement Banner
Previous Post

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दो: राष्ट्रसंघ विज्ञप्ति

Next Post

एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

Editorial Team

Editorial Team

Next Post
एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

एसपिपीको विरोधमा एकीकृत समाजवादी निकट युवा संघको प्रदर्शन

Recommended

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

२०९ ओैँ भानु जयन्तीका अवसरमा प्रभातफेरी तथा प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न

4 years ago
अख्तियारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३५ प्रहरी कर्मचारी सम्मानित

अख्तियारमा उत्कृष्ट कार्यसम्पादन गर्ने ३५ प्रहरी कर्मचारी सम्मानित

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.