नेपाललाई उत्कृष्ट लगानी गन्तव्यकाे रुपमा विकास गर्न असिम शाहद्वारा सरकारकाे ध्यानाकर्षण

काठमाडाैं । नेपाललाई उत्कृष्ट लगानी गन्तव्यकाे रुपमा विकास गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गने अध्यादेश, २०८१ माथिकाे सैद्धान्तिक छलफलमा बाेल्दै सांसद् साहले लगानीमैत्री कानुन र नीति व्यवहारमा मात्र सीमित हुँदा लगानी भित्र्याउन नसकिएकाे बताउनुभयाे ।

‘लगानीमैत्री कानुन र नीति व्यवहारमा मात्र सीमित भयाे, कतै दाेहाेर करकाे विवाद कतै पुँजीगत लाभकर विवाद, कतै एकद्वार नीति भएपनि लागू नभएकाे विवाद, यीबाहेक विभिन्न कार्यविधिगत झन्झटका कारण हाम्राेमा लगानी भित्र्याउन नसकिएकाे द‍ृष्टान्त प्रशस्त छन्, त्यसैले विधेयकमा संशाेधनसँगै, कार्यविधि र प्रक्रियाका कुरामा समेत ध्यान दिँदै नेपाललाई उत्कृष्ट लगानी गन्तव्यकाे रुपमा विकास गर्न सरकारकाे ध्यानाकर्षण गराउँछु’- उहाँले भन्नुभयाे ।

विधेयकमा स्टार्टअप उद्यमकाे दर्ता र सञ्चालनकाे कुरा आउनु सकारात्मक रहेकाे बताउनुभयाे । राइड सेयरिङमा ७० प्रतिशत लगानी गर्न दिने कुरा विधेयकमा रहेकाे भन्दै उहाँले राइड सेयरिङलाई वैधानिकताले लैजाने बताउनुभयाे । नेपालमा १०० प्रतिशत नै वैदेशिक लगानी भएका एप सञ्चालन भइरहेका भन्दै सांसद् साहले यसलाई कसरी व्यवस्थित गर्ने र नेपालमा नै टिकाएर जाने भन्नेमा सरकारकाे ध्यान जानुपर्ने बताउनुभयाे ।

 

Comments are closed.