काठमाडौं । नेपाली युवालाई रुसी सेनामा भर्ती गराएकाे आराेपमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडाैंले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकाे हाे ।
पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् । द्राेण डाँगी मंसिर १८ र अरु सबै मंसिर १३ गते पक्राउ परेका हुन् ।
उनीहरुकाे साथबाट रुसी सेनामा पठाउन तयार अरू नेपालीहरूको ४३ वटा पासपोर्ट, नगद, ल्यापटप अन्य कागजपत्र समेत बरामद गरिएकाे परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिनुभयाे ।
पक्राउ परेकी सुजता दाहालको कार्यालयबाट १४ लाख र ईश्वर अधिकारीको कार्यालयबाट १३ लाख रुपैयाँ बरामद गरिएको उहाँले बताउनुभयाे । उनीहरुले १८ जनालाई पठाइसकेकाे र ११ जनालाई पठाउने क्रममा रहेकाे खुलिसकेकाे भन्दै एसपी खत्रीले याे संख्या धेरै हुन सक्ने अनुसन्धानका क्रममा खुलेकाे जानकारी दिनुभयाे ।
Comments are closed.