Trending Now

न्यायाधीशको आचरण छानबिन गर्न संसदीय समिति गठन होस् : डा.अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले न्याय प्रणाली व्यक्ति र पहुँच अनुसार फरक भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै न्याय पालिकाका निर्णय प्रक्रिया कानुन सम्मत हुनु पर्ने सिंहले बताउनुभयो । व्यक्ति हेरेर अदालतले फैसला गर्न नहुने उहाँले बताउनुभयो ।

भागबण्डाको आधारमा नियुक्ति हुनु स्वाभाविक भए पनि भागबण्डाको आधारमा फैसला गर्नु दुखद भएको उहाँले बताउनुभयो । ‘यसले न्यायपालिको को छविलाई माथि पुर्‍याउँदैन, देशको न्याय प्रणाली माथि नै प्रश्न उठ्छ’, सिंहले भन्नुभयो ।

विगतमा पनि नेपालको न्यायपालिका बदनाम रहेको र अहिले पनि त्यसबाट मुक्त हुन नसकेको उहाँले बताउनुभयो ।  न्यायलाई खण्डित गर्ने कार्य दुर्भाग्यपूर्ण भएको सिंहले प्रष्ट पार्नुभयो ।

संसद् जनताको सर्वोच्च निकाय भएकोले न्यायपालिका र न्यायाधीशको आचरणको बारेमा छानबिन गर्न समिति बनाउनु पर्ने उहाँले माग गर्नुभयो । ‘न्यायाधीशको आचरणको बारेमा संसदीय छानबिन समिति गठन होस्’, उहाँले भन्नुभयो ।

सिंहले सर्वोच्च अदालतका कतिपय फैसला आफ्नै नजिरलाई विस्थापित गर्ने खालका भएका भन्दै उहाँले आलोचना गर्नुभयो । पहुँचको आधारमा न्याय निरूपण हुने कार्य बन्द हुनु पर्नेमा उहाँले जोड दिनुभयो

Comments are closed.