Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

परिणाम स्वीकार्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल आधार हो : ईश्वर पोखरेल

Editorial Team by Editorial Team
January 6, 2026
in Nepal, News, Politics
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौं–नेकपा एमालेका नेता ईश्वर पोखरेलले एघारौँ महाधिवेशनको परिणामलाई स्वीकार गर्नु नै प्रतिस्पर्धात्मक राजनीतिको मूल मर्म भएको बताएका छन्।
महाधिवेशनमा पराजित भएपछि आफ्नो धारणा स्पष्ट राख्दै पोखरेलले प्रतिस्पर्धात्मक राजनीतिमा सहभागी हुने जोकोहीले त्यसबाट आउने परिणामलाई स्वीकार गर्न सक्नुपर्ने बताए।
‘प्रतिस्पर्धामा जानु भनेको जितहार दुवैलाई स्वीकार गर्ने तयारीसहित अगाडि बढ्नु हो। परिणाम स्वीकार गर्न नसक्ने वा स्वीकार गर्न आँट नगर्नेहरू वास्तवमा प्रतिस्पर्धात्मक राजनीति गर्ने मान्छे हुँदैनन्,’ उनले भने।
उनले प्रतिस्पर्धात्मक राजनीतिका आफ्नै चुनौती र समस्याहरू हुने उल्लेख गरे। ती विषयमा अलग–अलग छलफल गर्न सकिने भएपनि समग्र रूपमा प्रतिस्पर्धाबाट आएको परिणामलाई स्वीकार गर्दै अघि बढ्नु लोकतान्त्रिक संस्कारको अनिवार्य पक्ष भएको उनको भनाइ थियो।
पोखरेलले जनताको बहुदलीय जनवाद पार्टी जीवनको लोकतन्त्रीकरणसँग जोडिएको अवधारणा भएको उल्लेख गर्दै त्यसको एक महत्वपूर्ण अंग प्रतिस्पर्धात्मक राजनीति नै भएको बताए। ‘प्रतिस्पर्धालाई स्वीकार गर्नु भनेको लोकतन्त्रलाई आत्मसात् गर्नु हो,’ उनले बताए।
त्यस्तै, उनले नेकपा एमाले मात्र नभई नेपालका सबै राजनीतिक दल र तिनका नेताहरूले लोकतान्त्रिक बाटोबाटै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्रको संरचना र नेतृत्व चयन प्रक्रियासमेत लोकतान्त्रिक अभ्यासको अर्को स्वरूप भएको बताउँदै पोखरेलले नेकपा एमालेले यस मान्यतालाई स्वीकार गरेर नै अगाडि बढिरहेको स्पष्ट पारे।
एमालेले प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गरेको छ र त्यसलाई अझ सुदृढ गर्दै अगाडि बढाउन चाहन्छ, पोखरेलले भने।

Advertisement Banner
Previous Post

US Ambassador pays farewell call on Prime Minister Karki

Next Post

Egg prices cut by Rs 90 per crate

Editorial Team

Editorial Team

Next Post
Cost of egg rises to Rs 19.12 per piece

Egg prices cut by Rs 90 per crate

Recommended

UK announces further import sanctions against Russia

UK announces further import sanctions against Russia

4 years ago
Stand Up For Ukraine: €9.1 billion pledged in support of internally displaced and refugees

Sri Lanka: Declaration by the High Representative on behalf of the European Union on the latest developments

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.