काठमाडाैं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्ष उद्घाटन गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले मंगलबार स्तनपान कक्षकाे उद्घाटन गर्नुभएकाे हाे । मन्दिरको मूल द्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको छ ।
मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले स्तनपान कक्ष निर्माण गरिएकाे पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ ।
Comments are closed.