परासी । पश्चिम नवलपरासीको दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने काम सुरु भएको छ । नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरुपमा मर्मत र रंगरोगनको काम सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण हेडक्वाटरका प्रमुख एसपी धीरेन्द्रराज न्यौपानेले बताए ।सोमबार एक कार्यक्रमकाबीच नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्तरुपमा स्तम्भ नम्बर ५ सय ७ बाट सीमा स्तम्भ मर्मतको काम सुरु गरेका हुन् ।
पश्चिम नवलपरासीमा नेपाल-भारत दशगजा क्षेत्रमा १६ वटा सीमा स्तम्भ रहेका छन् । जसमा १३ वटा मुख्य र ३ वटा सहायक स्तम्भ छन् । नेपालले बिजोर नम्बरको स्तम्भ मर्मत गर्ने छ भने भारतले जोर नम्बरको स्तम्भ मर्मत गर्नेछ ।जिल्लामा ४१ किलोमटिर क्षेत्र भारतीय सीमानासँग जोडीएको भएपनि २७ किलोमिटरमा मात्र सीमा स्तम्भ रहेको छ । सुस्ता गाउँपालिका-५ को नारायणी पारीको क्षेत्रमा सीमा स्तम्भ छैन। जसको कारण नेपाल र भारतबीच पटक-पटक सीमा विवाद हुँदै आएको छ ।सुस्ताबासीले लामो समय देखि सीमा स्तम्भ राख्न माग गरेपनि नेपाल र भारतबीच सीमा विवाद हुदा स्तम्भ राखीएको छैन
Comments are closed.