पूर्वाञ्चल विश्वविद्यालयद्वारा उपकुलपतिका लागि आवेदन आह्वान

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान गरेको छ ।  उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।समितिले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख गरेको छ । योग्य व्यक्तिले १५ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा कार्यालय समयमा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

Comments are closed.