काठमाडौं, । गायक एवम् निर्माता प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको २१ घण्टामै युट्युबमा टप ट्रेन्डिङमा आएको छ ।
बिहीवार सार्वजनिक भएको यो गीत हालसम्म ६ लाख ८३ हजारले हेरिसकेका छन् भने पाँच हजारले प्रतिकृया जनाएका छन् ।
सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । हिजो भने उनले आफ्नो युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरेका थिए ।
पछिल्लो समय गायक सपुतले नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
Comments are closed.