प्रधानमन्त्रीलाई युगान्डामा रहेका नेपालीको आग्रह – भिजिट भिसाको समस्या समाधान गर्नू

काठमाडौं । युगान्डामा रहेका नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिजिट भिसाको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गरेको कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।प्रधानमन्त्री प्रचण्डसँग त्यहाँ रहेका नेपालीले भिजिट भिसाका समस्याबारे कुरा उठाउँदै समाधानका लागि राज्यले पहल गर्नु पर्ने बताएका थिए । “यहाँ तपाईंहरूले उठाएका मध्ये केही कुरा महत्वपूर्ण छन् । हिजोमात्रै मैले भिजिट भिसाका बारेमा केही महत्वपूर्ण निर्णय गरेको छु । केही समयअघि आप्रवासन समस्या समाधानका निम्ति सबै राजदूतहरू बोलाएर कुरा गरिएको छ”, उनले भने ।
विदेशमा रहेका नेपालीको समस्या सम्बोधन नगरी देशले गति लिन नसक्ने उनको भनाई थियो ।

Comments are closed.