काठमाडौँ । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ । “पुस्तक सांस्कृतिक बौद्धिकता कसरी अभिवृद्धि गर्ने, कुशल वक्ता कसरी बन्ने विषयका लागि मार्गदर्शक बन्नेछ”, लेखिका सुले भनिन्, “आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चारका लागि सहयोगी हुने विश्वास लिएकी छु ।”
एघार अध्याय रहेको पुस्तक कुशल वक्ता बन्न चाहनेका लागि मार्गदर्शक बन्नेमा लेखक सुले विश्वास व्यक्त गरिन् । “सम्भाषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुतिको शैलीलाई प्रभावकारी बनाउनका लागि पुस्तक सहयोगी बन्न सक्छ”, उनले भनिन् । प्रभावकारी सञ्चारमार्फत कुनै पनि व्यक्तिमा निहित अथाह सम्भावना प्रस्फुटन गराउन सकिने भन्दै उनले यस पुस्तक सहयोगी हुने बताइन् ।
लेखक सुले पुस्तकमा आत्मविश्वास बढाउने शैली, सञ्चार शैली प्रभावकारी कसरी बनाउने भन्ने विधि उल्लेख गरिन् । सरल सुझाव र सजिलो लेखन शैलीको पुस्तकमा व्यक्तिगत र व्यावसायिक क्षमता अभिवृद्धिका लागि अन्तर–सांस्कृतिक सीप बढाउन चाहनेका लागि उपयोगी मानिएको छ ।
‘स्पिकफ्लुएन्स ग्लोबल’ संस्थाको संस्थापक एवं प्रबन्ध निर्देशकका साथै अधिवक्ता समेत रहेकी लेखक सु ल सोसाइटी अफ अपर क्यानडाको सदस्य हुन् । उनी पछिल्लो दुई दशकयता आफ्नो व्यवसायिक अनुभवका आधारमा सकारात्मक सोच प्रबर्द्धनमा सक्रिय रहेकी छन् ।
Trending Now
- एघार करोडको चिया झापाबाट निर्यात
- Finland, Sweden and Norway issue war alert, urge citizens to avoid Russian attack
- The US was angry after the court issued an arrest warrant for Netanyahu
- दुर्गा प्रसाईं समर्थकद्वारा कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरू
- रम्बास कविता: विश्वभ्रमण
- Russia fires intercontinental ballistic missile at Ukraine
- चलचित्र तेल भिसा र अग्निदहन आजदेखि प्रदर्शन हुँदै
- जीवराज भट्टराईको कथासङ्ग्रह “अभिशप्त कुइनेटाहरु” विमोचित
- More than 40 killed in attack by unknown gunmen in Pakistan
- प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी, आजै रक्षामन्त्रीलाई पनि भेट्ने
Comments are closed.