Trending Now

मानवतस्करीमा संलग्न अध्यागमनका दुई अधिकृत फरार

काठमाडौं । मानवतस्करीमा संलग्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृत फरार भएका छन् ।प्रहरीले खोजी गरेको थाहा पाएपछि उनीहरु फरार भएका हुन् । अधिकृतद्वय विमल पौडेल र ताराबहादुर कुँवर फरार भएका हुन् ।उनीहरुले एजेन्टहरुसँग मिलेर भिजिट भिसामा विदेश पठाएर लाखौं रुपैयाँ लिएको खुलेको छ । यसअघि अध्यागमन अधिकृत नरविर खड्कालाई प्रहरीले पक्राउ गरिसकेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विमानस्थलबाट हुने भिजिट भिसा सेटिङको विस्तृत अनुसन्धान गरिरहेको छ । जसमा ४० जना पक्राउ परिसकेका छन् ।प्रहरीको अनुसन्धानमा अध्यागमनका कर्मचारीले दैनिक नै एक करोड करोड भन्दा धेरै घुस लिएर करिब दुई सय जनालाई भिजिट भिसामा विदेश पठाउने गरेका थिए ।
अध्यागमनका ९० प्रतिशत कर्मचारीको सेटिङमा मिलेमतो देखिएको छ । प्रहरीले सबै कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । प्रमाणले पुगेसम्म सबैलाई पक्राउ गर्ने प्रहरी तयारी छ ।यसमा एयरलाइन्सका प्रतिनिधिहरु समेत छानबिनमा छन् । उनीहरुले मिलेमतोका आधारमा बोर्डिङ पास उपलब्ध गराउँदै आएका थिए । गिरोहलाई सघाएको आरोपमा एक प्रहरी जवान समेत पक्राउ परिसकेका छन् ।

Comments are closed.