मिसेस व्यूटी क्वीन’को ताज वर्षा कुँवरलाई

 

काठमाडौं – व्यवसायी वर्षा कुँवरले ‘मिसेस व्यूटी क्वीन’ नेपाल सिजन ७ को ताज जितेकी छिन्। सिजन मिडियाले आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतियोगी सहभागीलाई पछि पार्दे कुँवरलेले ताज पहिरिएकी हुन्।

बानेश्वरमा विभिन्न व्यवसायहरू गर्दै आएकी उनले मिसेज पपुलर तथा सम्बन्ध मिसेस पर्सनालीटीको उपाधि समेत प्राप्त गरिन्। उनीले रेफ्रिजेनेटर, लेटमिइनको तर्फबाट ५० हजार बराबरको गिफ्ट भौचर र डम डाइनामीक वाट २० हजारको गिफ्ट भौचर साथै अन्य उपहारहरू प्राप्त गरिन्।

यस्तै करुणा वि.क फष्ट रनर अप भइन्। उनले मष्ट ट्यालेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भइन्। उनले ३२ इन्चको टिभी, लेटमिइनको तर्फबाट ३० हजारको गिफ्ट भौचर प्राप्त गरिन्।

यसै गरी प्रतियोगितामा सेकेन्ड रनर अप रिन्जु कुसवहा भइन्। उनले फोटोजेनीकको पनि उपाधि जित्न सफल भइन्। थर्ड रनर अप सिवानी मित्र र चौथो रनर अप उर्मीला कनौजिया मगीया भइन्। अर्गनाइजर च्वाइसको उपाधि भने अन्जु क्षेत्रीले जित्न सफल भइन्।

प्रतियोगिताका अन्य विधामा अनिता देवि साहले फेन्ड्ली उपाधि जितिन् । त्यस्तै, सविता पन्त इनोसेन्ट, कान्छी माया खयमली क्रियटीभ, अम्विका गजमेर भियोस च्वाइस, भावना ऐडी व्यूटीफूल स्माइल, रुकमती भण्डारी लिडरसिप, अरुना घिमिरे मिसेज इनरजेटीक र हिरादेवी श्रेष्ठले व्यूटीफूल अवार्ड पाएकी थिइन्।
कार्यक्रमका प्रमुख अतिथि माननीय उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगिताले विवाहित महिलाहरूको सौन्दर्य साथै आन्तरिक क्षमता,आत्मविश्वास साथै महिलाहरूको नेतृत्वमा थप बल पुग्ने विश्वास व्यक्त गरिन्। यस्तो कार्यक्रमहरूसँग महिलाहरूलाई घरको चुला चौकोबाट हातेमालो गर्दै अझ सशक्त रूपमा महिलाहरूलाई जनचेतना तथा अधिकारको बारेमा सचेतना फैलाउन सकिने उनले बताइन्।
उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भूमिकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डां विनिता राज,
जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक इश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य ,व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहेको मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन्।

Comments are closed.