यातायात मजदुरले प्रहरीको गाडी आगजनि पछि लोत्से मलमा गरे तोडफोड

आज गरिएको विरोध कार्यक्रममा  प्रहरी गाडीमा आगो लगाएका आन्दोलनरत यातायात मजदुरले बालाजुमा रहेको लोत्से मलमा तोडफोड गरेका छन्।

अपरान्ह प्रहरीको गाडीमा आगो लगाएपछि आन्दोलन उग्र बनेको थियो। प्रहरी गाडीमा आगो लगाएपछि प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको छ। त्यसपछि सोमबार साँझै आन्दोलनकारीले लोत्से मलमा तोडफोड गरेका छन्।

तोडफोडबाट मलका सिसा फुटेको छ। सुरुमा प्रहरीले बल प्रयोग नगर्दा आन्दोलनकारी उग्र बनेका थिए। पछि प्रहरीले जवाफी कारबाही सुरु भएपछि आन्दोलनकारी तितरबितर बनेका थिए। बसपार्क क्षेत्र दिउँसोबाटै तनावग्रस्त बनेको थियो।

सर्वसाधारणलाई सास्ती भएको छ भने, गाडी तेर्साएर सडक बन्द गर्दा सवारी आवतजावत प्रभावित भएको थियो। रातपरेसँगै अहिले त्यहाँको अवस्था सामान्य बनेको प्रहरीले जानकारी दिएको छ।

यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा मंगलबार गाडी नचलाउने घोषणा गरेका छन्।

Comments are closed.