अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा

काठमाडौं । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर सोमबार नेपाल भ्रमणमा आएकी छन् ।

भ्रमणका क्रममा उनले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । साथै उनले नेपाली सेना र सरकारी अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
यसैगरी उपसहायक विदेशमन्त्री अख्तरले जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्यका विषयमा र लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउने सम्बन्धमा पनि छलफल गर्नेछन् ।

Comments are closed.