काठमाडाैं । आईसीसी यु-१९ विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएकाे छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीकाे घोषणा गरेको हो । टोलीमा दुर्गेस गुप्ताले अवसर पाएका छन् । यसअघि एसिया कप खेलेका हेमन्त धामी भने टोलीमा अटाएका छैनन् ।
टोलीमा कप्तान देव र दुर्गेससहित विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द, अर्जुन कुमाल, आकाश त्रिपाठी र दीपकप्रसाद डुम्रे, गुल्सन झा, दीपेश कँडेल, विशालविक्रम केसी, सुबास भण्डारी, दीपक बोहरा, दिपक बोहरा र उत्तम रंगु थापामगर छन् ।
यु-१९ विश्वकप क्रिकेट जनवरी १९ देखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा विभाजन गरिएकाे छ ।
नेपाल समूह ‘डी’ मा छ । नेपाल रहेको समूहमा न्युजिल्याण्ड, पाकिस्तान र अफनिस्तान छन् । समूह ‘ए’ मा भारत, बंगलादेश, आयरल्याण्ड र अमेरिका छन् । समूह ‘बी’ मा इंग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इण्डिज र स्कटल्याण्ड छन् । समूह ‘सी’ मा अष्ट्रेलिया र श्रीलंकासँगै जिम्बाब्वे र नामिबिया छन् ।
नेपालले पहिलो खेल जनवरी २१ मा न्युजिल्याण्डसँग, दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ ।
Comments are closed.