काठमाडौं। निर्माणका काम ठेक्का लिएर अलपत्र छाड्ने १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना जारी गर्दै कालोसूचीमा राखेको जनाएको हो।कार्यालयले पुस १७ गतेको निर्णय अनुसार सार्वजनिक खरिद ऐनबमोजिम बिहीबारको मितिदेखि लागू हुनेगरी ती निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो। कार्यालयले विभिन्न सार्वजनिक संस्थाहरुको सिफारिसमा ती निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखिएको जनाएको छ।
कार्यालयका अनुसार एसएएस कन्स्ट्रक्सन, इन्सपुर सफ्टवेयर ग्रुप कम्पनी, मृत सन्जिवनी कन्स्ट्रक्सन, ग्वाल्पा कन्स्ट्रक्सन कम्पनी, लक्ष्मी कन्स्ट्रक्सन, सुष्मी कन्स्ट्रक्सन, रबिन कन्स्ट्रक्सन, थोक्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, एमडी अप्टिकल सोलुसन, शिलादेवी एसबीडी निर्माण सेवा, त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, खिम निर्माण सेवा र मनेका निर्माण सेवालाई कालोसूचीमा राखिएको छ।
कालोसूचीमा पर्ने कम्पनीहरुले १ वर्षदेखि ३ वर्षसम्म सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
Trending Now
- Jammu and Kashmir: 28 people, mostly tourists, killed in terrorist attack in Pahalgam
- कवि तथा गीतकार पुष्पा खनालको जिउनै पर्छ गीत सार्वजनिक
- दमन्ता खनाल स्मृति स्रस्टा सम्मानद्वारा तिवारी आमा सम्मानित
- आजदेखि जुम्लामा हिमाली संवाद, तयारी पूरा
- २१ दिनदेखि सडकमा छन् आन्दोलित शिक्षक
- आज एमालेले ‘नेकपा’ स्थापना दिवस: विशेष कार्यक्रम गर्दै
- Yamal wins ‘Breakthrough Player of the Year’ award
- UAE Deputy Prime Minister to visit Nepal, high-level meetings scheduled
- Pope Francis passed away
- ‘नरसिंहा : अवतार’को पोस्टर सार्वजनिक
Comments are closed.