रमेश खरेलद्वारा रास्वपा परित्याग

काठमाडौं । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्नुभएकाे छ ।
पूर्व डीआईजी समेत रहनुभएका नेता खरेलले बुधबार पार्टीमा राजीनामा बुझाउनुभएकाे हाे । पार्टी सभापति रवि लामिछानेले स्पष्टिकरण साेधेपछि खरेलले राजीनामा दिनुभएकाे बताइएकाे छ ।
खरेल ०७९ मा काठमाडौं-१ मा चुनाव लडेर हार्नुभएकाे थियाे । गत वैशाख १० मा भएको उपचुनाव पनि उहाँ हार्नुभएकाे थियाे । रास्वपाबाट बारा-२ मा उठ्नुभएका खरेल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएकाे थियाे

Comments are closed.