पार्टीका संस्थापक केन्द्रीय सदस्यको बुधबार बसेको बैठकले नयाँ समीकरणमा सहभागी हुने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको छ । बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यो निर्णयसँगै सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने बाटो खुलेको छ । सो पार्टीका संस्थापक अध्यक्ष एवं संरक्षक रेसम चौधरी नयाँ सत्ता समीकरणमा सहभागी नहुने पक्षमा हुनुहुन्थ्यो । पुरानै सत्ता समीकरणमा रहेर सुदूरपश्चिममा अहिलेकै सरकारलाई समर्थन गर्दै उहाँले आफ्ना पक्षका प्रदेश सभा सदस्यलाई मन्त्री बनाउनुभएको थियो । त्यसको विपक्षमा रहनुभएकी चौधरी पत्नी एवं पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले यस अघि नै सरकार सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिइसक्नु भएको थियो । ले नयाँ सत्ता समीकरणलाई साथ दिने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले नयाँ सत्ता समीकरणलाई साथ दिने भएको छ । सो पार्टीले नयाँ सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

पार्टीका संस्थापक केन्द्रीय सदस्यको बुधबार बसेको बैठकले नयाँ समीकरणमा सहभागी हुने निर्णय गरेको हो । बहुमत केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।

बैठकले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यो निर्णयसँगै सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने बाटो खुलेको छ ।

सो पार्टीका संस्थापक अध्यक्ष एवं संरक्षक रेसम चौधरी नयाँ सत्ता समीकरणमा सहभागी नहुने पक्षमा हुनुहुन्थ्यो । पुरानै सत्ता समीकरणमा रहेर सुदूरपश्चिममा अहिलेकै सरकारलाई समर्थन गर्दै उहाँले आफ्ना पक्षका प्रदेश सभा सदस्यलाई मन्त्री बनाउनुभएको थियो ।

त्यसको विपक्षमा रहनुभएकी चौधरी पत्नी एवं पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले यस अघि नै सरकार सहभागी मन्त्रीलाई फिर्ता आउन निर्देशन दिइसक्नु भएको थियो ।

Comments are closed.