ललितपुर । गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्वारा रचना गरिएका गीतहरूको सङ्ग्रह ‘नगाइएका गीतहरू’ लोकार्पित भएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले कृति सार्वजनिक गर्दै गीतमा मनका भावनाहरू व्यक्त हुने भएकाले यसले सबैलाई मोहनीमा पार्ने बताए ।
साहित्यकार ध्रुव मधिकर्मीले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । गीतकार ताम्राकारले आफ्नो अनुभूति र भावनालाई अभिव्यक्ति दिएको बताए ।
कार्यक्रममा चुडामणि देवकोटा, जुजुकाजी रञ्जित, सरोजिनी तण्डुकार, डा।सविना श्रेष्ठ ताम्राकार र प्रतिसरा साय्मिलगायतले बोलेका थिए ।
Trending Now
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
Comments are closed.