लागूऔषध ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ

विराटनगर । लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न दुई युवती पक्राउ परेकी छिन् ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेका छन् ।प्रहरीका अनुसार दुवै जना ब्राउन सुगरको ओसारपसार र कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भारतको जोगवनीबाट ब्राउन सुगर खरिद गरेर आउँदै गर्दा उनीहरूलाई विराटनगर–१५ बैंक रोड चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी करार्यालय मोरङले जनाएको छ ।शंका लागेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गर्दा बैठाको साथबाट लागूऔषध ब्राउन सुगर १९.३३ ग्राम फेला परेको थियो ।
लगत्तै प्रहरीले गुरुङको कोठामा छापा हानेर सानो डिजिटल तराजु फेला परेको थियो । उनीमहरुमाथि प्रहरी थप अनुसन्धान थालेको छ ।

Comments are closed.