विपद्‌मा नागरिकको ज्यान जोगाउनुपर्ने बेला ऐन कानूनका जटिलतामा अल्झिन हुन्न : गृहमन्त्री लामिछाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले विपद्‌मा नागरिकको ज्यान जोगाउनुपर्ने बेला ऐन कानूनका जटिलतामा अल्झिन नहुने बताएका छन् ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।गृहमन्त्री लामिछानेले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुने बताए।उनले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई जानकारी दिन अनुरोध गर्दै कानुनी एवं प्रक्रियागत जटिलता सरकारले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गृहमन्त्री लामिछानेले विपद्मा नागरिकको ज्यान जोगाउने जस्तो महत्वपूर्ण काम अरू केही हुन नसक्ने बताउँदै यो वर्षको मनसुन अगावै विपद् व्यवस्थापनसम्बन्धी जटिल नीति नियम कार्यविधिले सच्च्याउन निर्देशन दिए ।
विपद्का बेला पत्रकार तथा स्वयंसेवकका लागि पनि जोखिम हुने भएकाले विपद् क्षेत्रमा जाँदा आवश्यक तालिम दिन जरुरी रहेको गृहमन्त्री लामिछानेले बताए।

Comments are closed.