काठमाडौं, २ वैशाख उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय कुमार भन्ने जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । इलाम, रोङ गाउँपालिका-५ इलाम र झापा मेचिनगर नगरपालिका-३ को सीमानास्थित सुकेनिन्दा खोलाको बगरबाट भरुवा बन्दुक १ थान र बारुद भर्ने तार १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुबनबाट खटिएको प्रहरीले उक्त बगरमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Trending Now
- Newly appointed ambassadors sworn in by President Shri Ramchandra Poudel
- Russian President Proclaims Revenge for Ukraine Drone Strike
- आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत
- पनौतीका केही जात्रापर्वहरुको पुस्तक तेस्रो संस्करण सार्वजनिक
- 2024 ‘hottest year’
- Plane crash in Brazil kills 10, injures 17
- Five ambassadors take oath
- 72 billion and 93 crore rupees assistance in improvement of electricity transmission and distribution system
- Significant increase in foreign aid commitments, two billion received in five months
- सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
Comments are closed.