काठमाडौं, २ वैशाख उदयपुर, बेलका नगरपालिका-३ एकता टोल नजिक टप्पुबाट लोड गरेको भरुवा बन्दुक १ थान, ५ राउण्ड गोली लोड भएको पेस्तोल १ थानसहित सुनसरी बराहक्षेत्र नगरपालिका-७ बस्ने ३० वर्षीय कुमार भन्ने जय कुमार राईलाई गएराति प्रहरीले पक्राउ गरेको छ । काभ्रे पनौती नगरपालिका-५ ढलमलेमा एक व्यक्तिलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा आरोपित उनी उक्त टप्पुमा हातहतियार सहित लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ठोक्सिलाबाट खटिएको प्रहरीले उक्त हातहतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । रोल्पा, गंगादेव गाउँपालिका-४ डोलसिंगे बस्ने ३३ वर्षीय कृष्ण वलीको घरबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली ३ राउण्ड शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । वलीको घरमा हतियार रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उनको घरमा लुकाई राखेको उक्त हातहतियार फेला पारी बरामद गरेको हो । मादक पदार्थ सेवन गरी गंगादेव गाउँपालिका कार्यालयको गाडी तोडफोड गरेको अभियोगमा वलीलाई चैत ३० गते प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । इलाम, रोङ गाउँपालिका-५ इलाम र झापा मेचिनगर नगरपालिका-३ को सीमानास्थित सुकेनिन्दा खोलाको बगरबाट भरुवा बन्दुक १ थान र बारुद भर्ने तार १ थान शुक्रबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बहुबनबाट खटिएको प्रहरीले उक्त बगरमा वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Trending Now
- Meeting of Pakistani Ambassador with the Prime Minister, discussion on activation of SAARC
- सुवेदीद्वारा रचित ‘अनि प्रतीत्य समुद्पाद, शुन्य शुन्य महाशुन्य’ माथि अन्तरक्रिया
- SpaceX launches 21 ‘Starlink Internet satellites’ into space
- पछिल्ल्लो ६ घण्टामा डडेलधुरामा सबैभन्दा बढी वर्षा
- Biden granted relief to 37 people awaiting death penalty
- More than 60 percent of Mongolia has snow
- Foreign Minister Rana returns home after visiting four countries
- निजामती कर्मचारी अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु
- हुम्लामा गएरातिदेखि हिमपात सुरु: आसपासका बस्तीमा सुरक्षित रहन आग्रह
- जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
Comments are closed.