काठमाडाैं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति अन्त्यका लागि पहल गर्ने बताउनुभएकाे छ ।
सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले संघीय कानुनअनुसार स्थापना भएका ११ विश्वविद्यालयको कुलपति र उपकुलपति नियुक्त विज्ञहरुबाट गर्न मौज्युदा विश्वविद्यालय ऐन सुधार गर्न प्रारम्भिक काम कारबाही अघि बढाउने प्रतिबद्धता जनाउनुभयाे ।
उहाँले भन्नुभयाे – ‘नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालय लगायत संघीय कानुनअन्तर्गत स्थापना तथा सञ्चालनमा रहेका १३ वटा विश्वविद्यालयमध्ये ११ वटामा रहेकाे कुलपति तथा सहकुलपतिकाे व्यवस्थालाई समसामयिक रुपमा परिमार्जन गर्दै विश्वविद्यालयकाे नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्वबाट हुनेगरी कानुनी प्रबन्ध गर्न आवश्यक भएकाेले माैजुदा विश्वविद्यालयसम्बन्धी ऐन तथा उच्च शिक्षासम्बन्धी कानुनमा साेही बमाेजिम सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम अगाडि बढाउने ।’
मन्त्री श्रेष्ठले संसदीय समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० लाई प्रदेशमा छलफलमा लैजाने समितिको निर्णयलाई सहजीकरण गर्ने बताउनुभयाे ।
Trending Now
- Discovering the Sisterly Bond Between Banaras and Nepal, A Travelogue by Dibya Dahal
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
Comments are closed.