काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथलगत्तै आफ्नो देशलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट अलग गर्ने आदेश जारी गरेका छन्। ट्रम्पले कोभिड–१९ को समयदेखि नै डब्ल्यूएचओको आलोचना गर्दै आएका थिए।
यो आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले भने, “ओह, यो ठूलो निर्णय हो ।”
अरू देशको तुलनामा यसका निम्ति अमेरिकाले अनुचित मूल्य चुकाएको ट्रम्पले बताएका छन् ।
डब्ल्यूएचओतर्फ संकेत गर्दै ट्रम्पले भने, “उनीहरूको धेरै इच्छा छ कि हामी फिर्ता होऔँ । त्यसैले हेरौँ के हुन्छ ।”
अमेरिकाको राष्ट्रपतिमा दोस्रोपटक निर्वाचित ट्रम्पले सोमबार शपथ खानासाथ विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा नयाँ कर लगाउने घोषणा गरेका छन् ।
ट्रम्पले छिमेकीहरूमाथि २५ प्रतिशतसम्म कर लगाउने बताएका छन् । उनले क्युबालाई फेरि आतंकवादलाई बढावा दिने देशहरूको सूचीमा राखेका छन्।
निवर्तमान राष्ट्रपति जो बाइडेनले यसै महिना क्युबालाई यो सूचीबाट बाहिर राखेका थिए। ट्रम्पले औषधिको मूल्य घटाउने आदेश पनि उल्टाइदिएका छन्।
Trending Now
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
- विश्व बैंकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलब्ध गराउने
- Myanmar earthquake: Death toll rises to 1,644, rescue efforts challenged
- नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक वस्तु स्वदेश ल्याइयो
- घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान
- सिलवालको ‘डोरम्याट’ कवितासंग्रहक माथि परिचर्चा सम्पन्न
- USAID ‘restructuring’ announced
- प्रकाशको ‘भेट भए छुट्न गाह्रो’ गीत सार्वजनिक
Comments are closed.